शुक्रबार, बैशाख १४, २०८१

राजधानीको कुलेश्वरक्षेत्रलाई केन्द्रविन्दु बनाउँदै भूकम्पको धक्का महसुस

काठमाडौ श्रावण ३१,  गत बैशाख १२ विनाशकारी भूकम्प गएको तीन महिनाभन्दा बढी भइसक्दासमेत परकम्प जाने क्रम रोकिएको छैन । images (4)यसैक्रममा आज दिउसो ३ बजेर ४० मिनेट जाँदा राजधानीको कुलेश्वरक्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै ३.८ रिक्टर स्केलको परकम्प गएको भूकम्पमापन केन्द्रले जनाएको छ ।
परकम्पको केन्द्रबिन्दु काठमाडौँ नै भएकाले उपत्यकामा ठूलै झट्का महसुस गरिएको जनाउँदै परकम्पपछि राजधानीमा मानीस वासी बाहिर खुल्ला ठाउँमा निस्केका थिए ।

यसअघि गएराति ११ बजेर ५६ मिनेटमा दोलखालाई केन्द्रबिन्दु बनाएर ४.८ म्याग्निच्यूटको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।