शुक्रबार, चैत्र १६, २०८०

भवन निर्माणसम्बन्धी मापदण्डको आधारभूत कार्यबिधि जारी (कार्यबिधि सहित)

काठमाडौ श्रावण ३१,  सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गत बैहाख १२ को महाभूकम्प पछि बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत मापदण्ड २०७२ जारी गरेको छ ।

 11880472_10153554713517329_817295919_n (1) 11880472_10153554713517329_817295919_nउपप्रधानमन्त्री तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले शुक्रबार मन्त्रीस्तरीय निर्णय गरी सो मार्गदर्शन जारी गर्नुभएको हो । त्यस्तै जारी मापदण्डमा सडकको न्यूनतम चौडाइ छ मिटर हुनुपर्ने, सडकको न्यूनतम  किनाराबाट १.५ मिटर छोड्नुपर्ने र सडकको न्यूनतम क्षेत्राधिकार छ मिटर कायम हुनुपर्नेलगायत मापदण्ड रहेको छ । त्यस्तैगरि आवासीय भवनमा २५० वर्गमिटरसम्मको क्षेत्रमा ३० प्रतिशत र सोभन्दा बढीको क्षेत्रफलमा ४० प्रतिशत जमिन खाली राखी भवन निर्माण गरिनुपर्ने व्यवस्था भएको छ ।

सरकारी, अर्धसरकारी र सार्वजनिक भवनमा ५० प्रतिशत जमिन खाली राखी भवन निर्माण गरिनुपर्ने भएको छ  ।

   त्यस्तै  घर बनाउँदा गल्ली कम्तीमा ४ मिटर चौडा हुनुपर्ने, मुल सडक छेउछाउमा बनेका घरहरुमा रंगरोगन गर्नुपर्ने, घर बनाइसकेपछि छतमा पिल्लर हाल्न नपाइने, ३० गिग्रि भन्दा भिरालो जग्गामा घर बनाउन नपाइने मापदण्ड सरकारले तोकेको हो । सार्वजनिक, पर्ति, ऐलानी जग्गालाई खुलाक्षेत्र घोषणा गरी हरियाली पार्कका रुपमा रुपान्तरण गरिनुपर्ने र मन्त्रिपरिषद्को स्वीकृतिबिना सार्वजनिक जग्गा कोही कसैलाई हकभोग र उपयोगका लागि उपलब्ध गराउन नपाइने जनाउँदै मन्त्रालयले जनाएको छ ।