शुक्रबार, बैशाख १४, २०८१

नयाँ संविधानमा नागरिकतासम्बन्धी विभेदकारी प्रावधान खारेज गर्न माग

काठमाडौ भाद्र १,  मिडिया एडभोकेसी ग्रुपलले आज राजधानीका आयोजना गरेको ‘संविधानमा नागरिकता’ विषयको अन्तक्र्रियामा anup_20150818_31 anup_20150818_34 कार्यक्रममा बोल्दै सभासद् रेखा शर्माले मुलुकको प्रस्तावित नयाँ संविधानमा नागरिकतासम्बन्धी व्यवस्था विभेदकारी प्रावधानलाई प्राथमिकता दिएको कारण नेपाली आमाबाट जन्मेको बच्चा नै नागरिकताविहीन हुने खतरा बढेको भन्दै नेपालमा नेपाली नागरिकलाईनै नागरिकता लिनबाट वञ्चित हुनु पर्ने अवस्था कायम गरिएको बताउँनु भएको छ ।  नागरिकतासम्बन्धी व्यवस्था विभेदकारी प्रावधानलाई प्राथमिकता दिएको कारण आज यस्तो अवस्था सिर्जना भएको उहाँको कथन रहेको थियो ।

anup_20150818_21

त्यस्तै कार्यक्रममा पूर्व सभासद् पुष्पा भुसालले सर्वोच्च अदालतले नै १६ वर्ष पुगिसकेपछि नागरिकता मौलिक अधिकार भएको उल्लेख गरिसकेको भए पनि संविधानको हरेक धारामा महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा राखिएको गुनासो गर्दै नागरिकताको सवालमा विभेदकारी कुरा संविधानमा लेख्न नहुनेमा जोड दिनुभएको थियो ।

anup_20150818_18

अन्तरपार्टी महिला सञ्जालका अध्यक्ष शशी श्रेष्ठले २१औँ शताब्दीमा पनि ज्वाइँबाट मात्र खतरा देख्नु गलत भएको बताउँनु भएको उक्त अन्र्तक्रियामा अधिकारकर्मीहरुले anup_20150818_33नागरिकताको प्रसंगमा यसअघि विदेशी नेपालमा आएर बसोबास गरेको १५ वर्षपछि नागरिकता पाउने व्यवस्था थियो तर अहिले त्यो व्यवस्था पनि नगरिएकोमा रोष प्रकट गर्नु भएको उक्त कार्यक्रममा पत्रकार एवम् मिडिया एडभोकेसी ग्रुपका अध्यक्ष बबिता बस्नेतले नागरिकताका विषयमा पनि छोरी वा ज्वाइँलाई समान व्यवहार गर्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो  ।

anup_20150818_35