बुधबार, बैशाख २६, २०८१

आन्दोलनका क्रममा प्रेसमाथि भएको ज्यादतीप्रति महासंघको ध्यानाकर्षण

काठमाडौं भाद्र ८,  नेपाल पत्रकार महासंघले केही दिनयता मुलुकका विभिन्न भागमा भैरहेको हिंसात्मक गतिविधि र अमानवीय घटनाप्रति FNJ-logoमहासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अध्यक्ष डा महेन्द्र विष्टको हस्ताक्षरमा आज जारी प्रेस विज्ञप्तिमा कैलालीको टीकापुरमा प्रहरी तथा नावालकको हत्या जुन किसिमबाट भयो, त्यो कुनै पनि सभ्य समाजमा कल्पना पनि गर्न नसकिने घटना हो भन्दै घटनाले पनि मुलुकमा सुरक्षा अवस्था संवेदनशील भएको स्पष्ट गरेको उल्लेख गरिएको छ ।

त्यस्तै मुलुक नयाँ संविधान निर्माणको अन्तिम घडीमा पुगेको वर्तमान समयमा राजनीतिक मुद्दालाई राजनीतिक रुपमै हल गर्न, सामाजिक सद्भाव कायम राख्न र हिंसात्मक गतिविधिलाई कुनै पनि पक्षबाट प्रोत्साहन नगर्न जिम्मेवार राजनीतिक दलका नेतृत्व र सम्बद्ध सवैप्रति हार्दिक अपील गर्दै आन्दोलनकै क्रममा मुलुकका कतिपय भागमा सञ्चारकर्मीहरूमाथि कुटपिट तथा दुव्र्यवहार, सञ्चारमाध्यमका सवारी साधन तोडफोड, सञ्चारगृहमा आगजनी तथा समाचार प्रकाशन÷प्रसारणमा अवरोध गर्ने तथा धम्की दिनेजस्ता काम भएकोमा महासंघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

release 8 bhadra1release 8 bhadraत्यसैगरि महासंघले मुलुक अहिले संवेदनशील घडीमा रहेको यो अवस्थामा सञ्चारकर्मी मित्र तथा सञ्चारमाध्यमहरुलाई व्यक्तिगत आस्था र समुदायगत मान्यता जे जस्तो भए तापनि पत्रकारिताको मूल मर्म र भावना एवं पत्रकार आचारसंहिताबाट विमुख नभई समाजलाई विभाजित हैन एकता र हिंसा हैन शान्तिको पक्षमा अग्रसर गराउन दत्तचित्त भएर लाग्न अपील गर्दै यसवीचमा मोफसलका विभिन्न सञ्चारगृह तगा सञ्चारकर्मी माथि भएको दुव्र्यवहारका घटना आफैमा प्रेसमाथि भैरहेको ज्यादती  हो भन्दै प्रस्तुत घटनाप्रति खेद व्यक्त गरेको छ । साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि आघात पुग्ने यस्ता घटना अविलम्ब बन्द गर्न सम्बद्ध पक्षलाई अपील गर्दै पत्रकार, सञ्चारमाध्यम र यसमा आवद्ध कर्मचारीको भरपर्दो सुरक्षा व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु