शनिबार, बैशाख १५, २०८१

श्रमजीवी पत्रकारका मुद्दाका सवालमा विगतमा भएका उपलब्धिलाई संस्थागत गर्नु आवश्यक: अध्यक्ष केसी

काठमाडौ श्रावण १२,  न्यूनतम पारिश्रमिक निर्धारण समितिका नवनियुक्त अध्यक्ष पत्रकार पोषण केसीलाई नेपाल प्रेस काउन्सिलले आज एक कार्यक्रमकावीच सम्मान गरेको छ । सम्मान कार्यक्रममा काउन्सिलका अध्यक्ष वोर्णबहादुर कार्कीले पत्रकार केसीलाई सम्मान गर्दै  श्रमजीवी पत्रकारलाई दिगो, टिकाउ र देशप्रति समर्पित बनाउन न्यूनतम पारिश्रमिक निर्धारण समितिको ठूलो भूमिका रहने बताउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ

त्यस्तै समितिका नवनियुक्त अध्यक्ष केसीले श्रमजीवी पत्रकारको समस्या जस्ताको तस्तै रहेकाले यसलाई हल गर्न सञ्चारको क्षेत्रमा रहेका सबै सङ्घसंस्था एकजुट हुनुपर्ने बताउँदै श्रमजीवी पत्रकारका मुद्दा स्थापित गराउन सङ्घर्षको खाँचो रहेको भन्दै विगतमा भएका उपलब्धिलाई संस्थागत गर्नु आवश्यक रहेको बताउनुभयो ।

काउन्सिलका सदस्य तथा नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष खिलबहादुर भण्डारीले पारिश्रमिक समितिले युवा, जुझारु र श्रमजीवी पत्रकारको हकहितका लागि लड्ने व्यक्ति पाएको भन्दै पारिश्रमिकका विषयमा महासङ्घसमेत सँगै रहेको बताउनुभएको समाचारमा उल्लेख गरिएको छ ।