शुक्रबार, बैशाख ७, २०८१

जारी मस्यौदालाई सुधार गर्न नसक्नु भनेको मृत्युपत्रमा हस्ताक्षर सभापति भट्टराई

काठमाडौ श्रावण १३ , नेपाल पत्रकार महासंघले नेपालको संविधान, २०७२ को प्रारम्भिक मस्यौदामाथि अभिव्यक्ति स्वतन्त्रता र आमसञ्चारको हकसम्बन्धी टिप्पणी तथा सुझावहरू संवैधानिक राजनीतिक संवाद तथा सहमति समितिसमक्ष प्रस्तुत गरेको प्रस्तावित baburamनयाँ संविधानमा सूचना एवम् अभिव्यक्ति स्वतन्त्रता सम्बन्धमा प्रस्तुत गरेको ध्यानाकर्षण–पत्र बुझदै संवाद तथा सहमति समितिका सभापति डा बाबुराम भट्टराईले प्रेस स्वतन्त्रता लोकतन्त्रको महत्वपूर्ण खम्बा भएकाले त्यसको सुनिश्चितताका लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता व्यक्त गर्दै अग्रगामी संविधान बनाउनेमा विशेष ध्यान पु-याउन सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभएको छ ।

त्यस्तै भट्टराई त्यस्तै सभापति अघिल्लो संविधानसभाले गरेको कार्यको उपलब्धि ग्रहण गर्नेलगायत दलबीच भएका सहमति विपरीत संविधान मस्यौदा समितिले गल्ति मात्रै होइन, बद्मासी र अपराधजन्य काम गरेर मस्यौदा ल्याएको बताउँदै जारी मस्यौदालाई सुधार नगरी जाने हो भने उत्पीडित जनताको मागलाई सम्बोधन गर्न नसक्नु भनेको मृत्यु पत्रमा हस्ताक्षर गर्नु सरह भएको बताउँनु भएको छ ।

Press Matter 13 saunत्यस अवसरमा महासंघले संविधानको प्रारम्भिक मस्यौदाका केही बुँदा बहुअर्थी र प्रेसलाई अंकुश लगाउने गम्भीरखालको भएकोले सञ्चारक्षेत्रका विशेषज्ञ, कानुनविद एवं सरोकारवालासँग व्यापक छलफल गरी तयार गरिएको महासंघको अवधारणा महासंघका अध्यक्ष डा। महेन्द्र विष्टको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले त्यस अवसरमा राजनीतिक संवाद तथा सहमति समितिका माननीय सभापति डा। बाबुराम भट्टराईलाई जानकारी गराउँनु भएको थियो ।
त्यस्तैमहासंघका अध्यक्ष डा। विष्टले संविधानको मस्यौदाको प्रस्तावना र धारा २२ स्वतन्त्रताको हक, २४ आमसञ्चारको हक, ३२ सूचनाको हक, १०७ संघीय संददको विशेषाधिकार, १८६ प्रदेश सभाको विशेषाधिकार र धारा २६८ संकटकालीन अधिकार अन्तर्गत उल्लेख भएको अभिव्यक्ति स्वतन्त्रता र आमसञ्चारको हकसम्बन्धी व्यवस्थाका केही बुँदाहरूले व्यापक अर्थ लाग्नेमात्र नभई भविष्यमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि संकुचन लगाउने खतरा रहेको प्रष्ट्याउँदै नयाँ संविधानलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामैत्री बनाउन आग्रह गर्नुभएको सचिव ध्रुव लम्सालद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु