शनिबार, बैशाख १५, २०८१

विश्वब्यापी मान्यतासहितको लोकतान्त्रिक संविधान बन्छः महामन्त्री सिटौला

काठमाडौं आषाढ २५, कांग्रेस महामन्त्री कृष्णप्रसाद सिटौलाले विश्वब्यापी मान्यता अनुसारको लोकतान्त्रिक संविधान जारी हुने बताएका छन् ।  11713567_10153468794317329_1989501247_nनेबिसंघले राजधानीमा शुक्रबार आयोजना गरेको कार्यक्रममा सिटौलाले यस्तो बताउँदै सकेसम्म सबैको भावनालाई समेटेर संविधान जारी गरिने समेत बताए ।
उनले फरक दर्शन र बिचार बोकेका पार्टीहरुबीच संविधानका मस्यौदामा सहमति निर्माण गर्नु चानचुने विषय नभएको भन्दै तर, मस्यौदामा केहि कमिकमजोरी भएर सुधारेर जान सकिने बताए ।

‘ फरकफरक बिचार र दर्सनमा आधारित पाटिहरुकाबीचमा १५ दिन भित्र सहमति निर्माण गर्नु चानचुने कुरा होइन’, सिटौलाले भने, ‘यसमा केहि कमिकमजोरी भए सुधारेर जान सकिन्छ ।’  उनले संविधानसभामा एकै पार्टीको बहुमत नहुँदा कसैले पनि आफूले चाहेजस्तो संविधान बनाउन सक्ने अवस्था नरहेको भन्दै कांग्रेस पनि सोहि अवस्थामा रहेको र सो अवस्थामा अवस्थामा सबै मिलेर संविधान निर्माणमा लाग्नुको बिकल्प नभएको बताए ।