शुक्रबार, बैशाख १४, २०८१

प्रारम्भिक मस्यौदामा छलफल जारी,अर्काे बैठक आइतबार

काठमाडौ आषाढ १९, संविधानसभाको आजको बैठकमा पनि ‘नेपालको संविधान, २०७२’ को प्रारम्भिक मस्यौदालाई ‘जनताको प्रतिक्रियाका लागि नेपाल राजपत्रमा प्रकाशन गरियोस्’ भन्ने प्रस्तावमा छलफल जारी रह्यो । सभासद्हरूले ऐतिहासिक दस्तावेजका रुपमा मस्यौदा आउनुलाई सकारात्मक ठान्दै कतिपय विषय र शब्दावलीमा पुनःविचारका लागि माग गर्नुभएको छ ।

केही सभासद्ले नयाँ संविधान जारी भएपछि न्यायाधिशको पुनःनियुक्ति हुनुपर्नेमा जोड दिनुभयो भने समावेशीताका सवाललाई सम्बोधनका लागि पनि आफ्ना सुझाव दिनुभएको थियो । सो प्रस्तावमा अर्काे बैठकमा पनि छलफल हुनेछ । अर्काे बैठक आइतबार बिहान ११ बजे बस्नेछ ।