शनिबार, बैशाख १५, २०८१

२ हजार छ सय ३६ जोखिमयुक्त घर भत्काउन स्वीकृति

काठमाडौ अषाढ ४  महाभूकम्पका कारण भत्किएका तथा जोखिममा परेका घर भत्काउन र पुनःनिर्माणका लागि अहिले महानगरपालिकाको भवन विकास महाशाखाबाट downloadअनिवार्य स्वीकृति लिनुपर्ने प्रावधान अनुरुप काठमाडौँ महानगरपालिकाले भूकम्पका कारण चर्किएका तथा जोखिम बढेका दुई हजार ६३६ घर भत्काउन घरधनीहरुलाई स्वीकृति प्रदान गरेको छ ।
महाशाखाका अनुसार यस्ता घरहरु काठमाडौँ जिल्लामामात्र ३०० भन्दा बढी घर भत्काइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ भने ललितपुरमा २०० र भक्तपुरमा हालसम्म ४७२ जोखिमयुक्त घर भत्काइसकिएको छ ।