शुक्रबार, बैशाख १४, २०८१

मुसलमान समुदायले आजदेखि रमजान पर्व मनाउँदै

काठमाडौ अषाढ ४,  मुसलमानहरूको महान् धार्मिक पर्व रमजान आज देखि सुरु हुँदैछ । एक महिनासम्म चल्ने रमजानमा मुसलमान धर्मावलम्बीहरूले उपवास बस्नुपर्छ, जसलाई ‘रोजा’ भनिन्छ । यसवीचमा मुसलमान धर्मावलम्बीहरूले सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा खार्ई सुरु हुने रोजा सूर्यास्त भइसकेपछि हलुका ramajan-430x316खानेकुरा खाने गर्छन ।

त्यस्तै रोजा जस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाका रूपमा लिएको पाइन्छ । रोजा अशक्त, बिरामी र बालबालिकालाई त्यति अनिवार्य नर्भको सम्वद्ध व्यक्तिहरुले बताएका छन । यसैगरि ३० दिनको रोजा पूरा गरिसकेपछि इदको चाँद अर्थात् चन्द्रमा हेरेर भोलिपल्ट इदगाहमा गएर पुरुष मुसलमानले सामूहिक रूपमा नमाज पढी इदुलफित्र मनाउँछन् ।

यसमा प्रत्येक मुसलमानले जनही एक किलो ७५० ग्राम गहुँको मूल्य फित्तरा निकाल्नुपर्छ भने साढे सात तोला सुन र ५२ तोला चाँदीभन्दा बढी हैसियत भएका मुसलमानले आफ्नो सम्पत्तिबाट अढाइ प्रतिशत जकात ९कर० निकाल्नुपर्छ, यस्तो फित्तरा र जकात गरिब, असहाय र दिनदुःखीलाई बाँड्नुपर्छ । फित्तरा र जकात इदुलफित्र अर्थात् इदको नमाज पढ्नुभन्दा अगावै निकाली सक्नुपर्छ । यो नियम नेपालको मुसलमानका लागिमात्र नभई संसारभरिकै मुसलमानमा लागू हुन्छ ।