शनिबार, बैशाख १५, २०८१

सशस्त्रले ल्यायो हात बढाऊ, साथी जोगाऊ’ कार्यक्रम

काठमाडौ ज्येष्ठ ३,  सशस्त्र प्रहरी बलले भूकम्पबाट घरबारविहीन आफ्ना कर्मचारीको पुनर्वासका लागि रु ४० करोडभन्दा बढीको एकमुष्ट कल्याणकारी योजना घोषणा गर्नुको अलावा न्यूनतम ब्याजदरमा दामासाहीले रु साढे दुई लाखदेखि रु छ लाखसम्म ऋण सहयोग गर्ने कार्यक्रम घोषणा गरेको छ ।  भूकम्पबाट प्रभावित आफ्ना प्रहरी  भूकम्पपिडित कर्मचारीका सशस्त्रले ल्यायो हात बढाऊ, साथी जोगाऊ’ कार्यक्रम
कर्मचारीलाई सहयोग पु¥याउन बलले हात बढाऊ, साथी जोगाऊ’ भन्ने नारा सहित यस्तो कार्यक्रम घोषणा गरेको बलका प्रहरीनायब उपरीक्षक अजय छत्कुलीले जानकारी दिनुभएको छ ।

त्यस्तै उहाँले प्रस्तुत कार्यक्रम अन्र्तगतनै सशस्त्र प्रहरी कर्मचारीलाई दामासाहीले बिनाब्याजमा एक महिनाको तलबबराबरको रकम सापटीस्वरुप प्रदान गरिने, मृत्यु भएका कर्मचारीका एक सन्ततिलाई १२ कक्षा अध्ययन गरुन्जेलसम्म छात्रवृत्ति प्रदान गरिने, भूकम्प प्रतिरोधात्मक घर बनाउन सम्पूर्ण प्राविधिक सहयोग उपलब्ध गराइने भएको जानकारी दिनु भएको छ ।