शुक्रबार, बैशाख १४, २०८१

महाभूकम्पमा परी ज्यान गुमाउनेको संख्या ८ हजार ५ सय नाघ्यो

काठमाडौं ज्येष्ठ ३ ,   महाभूकम्पमा परी ज्यान गुमाउनेको संख्या आठ हजार पाँच सय ६७ पुगेको छ । गृह मन्त्रालयले आज बिहान उपलब्ध गराएको विवरण अनुसार, 20150426_20150426__NUP4635_4593_1D_30Dअहिलेसम्ममा सिन्धुपाल्चोकमा ३४२३, काठमाडौमा १२१४, नुवाकोटमा एक हजार ४५, धादिङमा सात सय २८, रसुवामा पाँच सय ७९, गोर्खामा चार सय १४, भक्तपुरमा तीन सय २६, काभ्रेमा तीन सय १८, ललितपुरमा एक सय ८१, दोलखामा एक सय ५४ जनाको मृत्यु भएको छ । त्यस्तैभूकम्पबाट चाल लाख ८८ हजार सात सय ८८ घर पूर्णत क्षतिग्रस्त भएको पनि मन्त्रालयले जनाएको छ ।