शुक्रबार, बैशाख १४, २०८१

भूकम्प प्रभावित जिल्लामा एमालेले स्वयम्सेवक परिचालन गर्ने

काठमाडौ वैशाख २६, नेकपा एमालेले गठन गरेको भूकम्पपीडित उद्धार तथा राहत समन्वय समितिले भूकम्प प्रभावित जिल्लामा दुई लाख स्वयम्सेवक परिचालन गरी uml officeस्थानीयवासीका भत्किएका संरचना पुनःनिर्माणमा सहयोग गर्ने निर्णय गरेको छ । समितिका संयोजक ईश्वर पोखरेलको अध्यक्षतामा आज बसेको बैठकले विपदमा परेको जनताको सेवाका स्वयम्सेवक परिचालन गर्ने निर्णय गरेको हो ।

त्यस्तै एमालेले स्थापना गरेको राहत कोषमा स्वदेश तथा विदेशबाट करिब रु ६५ लाख तथा भौतिक सामग्रीसहित राहत सङ्कलन भएको र ती सामग्री विभिन्न स्थानमा वितरण पनि गर्दै गर्दै गरको थहा भएको छ ।