शुक्रबार, चैत्र १६, २०८०

साँखुको क्षतिग्रस्त भग्नावशेष हटाउने कार्य सुरु

काठमाडौ वैशाख २६,  गत वैशाख १२ गते गएको भूकम्पबाट क्षतिग्रस्त बनेको काठमाडौँको पूर्वी भेगस्थित साँखुका भग्नावशेष हटाउन सरकारले दिएको निर्देशन अनुरुप 20150502_20150502__NUP6588_3323_1D_41Dआजबाट त्यहाँको भग्नावशेष हटाई सरसफाइको कार्य सुरु गरेको छ ।

  शिक्षा, कृषि र वन मन्त्रालयका सचिवत्रय क्रमस विश्वप्रकाश पण्डित, शङ्करप्रसाद अधिकारी र जयमुकुन्द खनाल सहित दुई हजार कर्मचारी ऐतिहासिक, पुरातात्विक र धार्मिक सहर साँखुमा उपस्थितमा भग्नावशेष हटाई सरसफाइको कार्य सुरुगरेको हो ।

 त्यस्तै प्रस्तुत अभियानमा नेपाली सेना, सशस्त्र प्रहरी र जनपद प्रहरीको पनि उल्लेख्य सङ्ख्यामा उपस्थिति रहेको थियो ।