शुक्रबार, बैशाख १४, २०८१

“फेरी जीवन जीउनु छ”

imageकण कण कण कण फेरी अब जोडिनु छ
हातमा हात मिलाई एकफेर फेरी उठनु छ
कण कण कण कण फेरी अब जोडिनु छ

सर्वस्व गुमेका एक्लाहरु
आँशुले रुझेर निथ्रुक्क भिजेकाहरु
एक्लै एक्लै हिंडेकाहरु
एक एक एक एक फेरी अब जुतनु छ
काँधमा काँध मिलाई अगाडि बढनु छ
कण कण कण कण फेरी अब जोडिनु छ

हाँसन भुलेका मुहारहरु
पिडाले गलेर डंग्रङ्ग ढलेकाहरु
हंसले साथ छोडेकाहरु
पल पल हर पल पिडा अब भुल्नु छ
छातीको चोट लुकाई  दुनियाँ हँसाउनु छ
कण कण कण कण फेरी अब जोडिनु छ

जीउँदै मरेका लाशहरु
चिता बिना सोत्तर भएकाहरु
श्वेत वस्त्र धरेकाहरु
पाईला पाईला गधेर अब तेकनु छ
बिहानीको बाटो हेरी फेरी जीवन जीउनु छ
कण कण कण कण फेरी अब जोडिनु छ

– गौतम डंगोल “सन्देश”