शुक्रबार, बैशाख १४, २०८१

“धमीलो पानीले लेखिएका पंक्तिहरु”

image गौतम डंगोल “सन्देश

भत्किएको घर सामु जिङरिङग बसेकी छिन् आमा
लडेका खम्बाहरु सङगै लडेकी छिन् आमा
ए आमा भन्दै उसले बोलाउँछ कि भन्छिन् आमा
ए बाबा भनि उसले चिच्याउँछ कि भन्छिन् आमा
लुटिएको संसार अघि विलौना गर्दै बसेकिछिन् आमा
कत्ति बोलाउन खोजे होलान रे तिनले ए आमा भनि

कत्ति समाउन खोजे होलान रे हातहरु तिनले ए बाबा भनि
एक्कासी निस्सासिंदा सासहरु
थिच्चिंदा मुटका ढडकन्हरु
उजाड आगनीमा टोलाउँदै बसेकी छिन् आमा
आँशुले भिजेको पहाडमा रुझ्दै बसेकी छिन् आमा
तिन फुटि तिन भन्दै खेल्छन् कि भन्छिन् आमा
दौंतरीको कुरा लाउन आइपुग्छन् कि भन्छिन् आमा
लुटिएको संसार अघि विलौना गर्दै बसेकिछिन् आमा

सपना थिए होलान रे तिनले देखेका एक दिन पुरा होलान भनि
देवी देउता भाकेका होलान रे बिपत्तिमा जोगाउन् भनि
टुक्रा टुक्रा छटाछुल्ल भएका सपनाहरु
खण्डहरमा परीणत भएका आस्थाका धरोहरहरु
किञ्चित मनले पटक पटक मृत्यु झेलिरहेकी छिन् आमा
काल बनि आएका लहरहरुसित जुढदै छिन् आमा
कखरा गनगन गुञ्जीन्छकी भनेर कान थाडो पार्छिन् आमा
नुनु बाबा नुनु भन्दै सुस्केरामा रात काट्छिन् आमा
लुटिएको संसार अघि विलौना गर्दै बसेकिछिन् आमा