शनिबार, बैशाख १५, २०८१

ने.वि.संघ चितवनको टोली गोरखामा र नवलपरासीको टोली लम्जुङ्ग जादै

काठमाडौं ज्येष्ठ ७,  भूकम्पबाट प्रभावित मुख्य जिल्लाहरुमा ने.वि.संघले १ लाख स्वयंम्सेवक परिचालन गरी भौतिक पुनर्संरचना निर्माणमा सहयोग नेविसङ्घगर्ने निर्णय भए आज नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति चितवनको टोली गोरखा जादै गरेको जानकारी चितवन जिल्ला अध्यक्ष सुर्य ढकालले जानकारी दिनुभयो । त्यसै गरि नेपाल विद्यार्थी संघ नवलपरासीको टोली संघका केन्द्रीय सदस्य गोकुल सापकोटाको संयोजकत्मा लम्जुङ्गमा विद्यालय तथा घर टहरा बनाउन जादै गरेको जानकारी नवलपरासी जिल्लाका अध्यक्ष राजेश पौडेलले जानकारी गराउनुभएको छ ।

अन्य जिल्लाकाहरु पनि क्रमस जाने तयारी गर्दै छन् । साथै उपत्यकामा पनि नेपाल विद्यार्थी संघका विद्यार्थीहरु जाने क्रममा छन् एगदष्अि थयगतज क्याम्पसका ईकाइका साथीहरु दक्षिणकाली क्षेत्रमा, त्रिभुवन विद्यावविद्यालय किर्तिपुर समितिका साथीहरु, किर्तिपुरको पागा मच्छे गाउमा, बाल्मीकि विद्यापिठ ईकाइ समिति दहचोक थानकोट लगायत संघका उपत्यकामा रहेका सम्पुर्ण इकाइ समितिहरु परिचालन गरिएको छ