शुक्रबार, चैत्र १६, २०८०

एक्सप्रेस खवर डटकमका सञ्चालक र सम्पादक पक्राउ

काठमाडौं ज्येष्ठ ८,  महानगरीय प्रहरी परिसरअन्तर्गत अपराध महाशाखाले www. एक्सप्रेस खवर डटकमका सञ्चालक ज्ञानेन्द्र भट्टराई तथा सम्पादक चन्द्रमणी सापकोटालाई विहिवार नियन्त्रणमा लिएको छ । उक्त अनलाइनमा नेपालमा ९० सालभन्दा ३० गुणा ठूलो भुकम्पको खतरा’ भन्ने शीर्षकमा भ्रामक सन्देश उल्लेख गरी समाचार सम्प्रेषण गरेको अभियोगमा नियन्त्रणमा लिएको प्रहरी स्रोतले जनाएको छ ।

imagesत्यस्तै महाशाखाले उनीहरूलाई नियन्त्रणमा लिई उक्त खबरको आधिकारिकताबारे सोधपुछ गरेपश्चात निजहरूले उक्त खबर तत्काल आफ्नो वेवसाइटबाट हटाई पाठकसमक्ष क्षमायाचनासमेत गरेको पनि प्रहरीले जनाएको छ ।