शुक्रबार, बैशाख १४, २०८१

जनकपुरस्थित भगवान परशुरामको मूर्ति ढल्यो

 काठमाडौं बैशाख ३० धमर्मिक शहर जनकपुरस्थित पर्यटकको आकर्षणका केन्द्रका रुपमारहेको परशुराम तलाउमा केही दिन पहिला मात्र निर्माण गरिएको परशुराम भगवानको मूर्ति ढलेको छ ।

ब्रशाख २९ गतको भूकम्पका कारण ढलेको सो मूर्ति हेर्न स्थानीयवासीको भीड लागेको छ । ५५ फिट ठूलो सो मूर्तिलाई एक महिना पहिला मात्र प्राण प्रतिष्ठा दिइएको थियो ।
त्रेता युगमा सीता स्वयम्बरको बेला परशुराम भगवान सोही तलावको किनारामा तपस्या गरिरहेको  जनविस्वासमा  त्यसक्षेत्रमा उक्तमूर्ति प्रतिस्थापन गरिएको थियो ।