शुक्रबार, चैत्र १६, २०८०

जनमानसमा पराकम्पनले थप्यो अर्को त्रास

काठमाडौ वैशाख ३१ यही वैशाख १२ गतेको भूकम्पपछि केहि हद सम्म सामान्य जनजीवनतर्फ उन्मुख भइरहेको राजधानीको जनजीवन मङ्लबारको अर्को शक्तिशाली IMG_3115sjh_eventPHotograpHY_nepal earthquake_2072पराकम्पन पछि पुन  आतङकित भएका छन ।  विनासकारी भूकम्पपछि क्रमिक रूपमा घट्दै गएको पराकम्पनपछि विश्वस्त भएर खुला स्थानबाट आ–आफना घरमा फर्किएका सर्वसाधारण मङ्लबारको ६.८ रिक्टर स्केलको पराकम्पनबाट फेरि तर्सेर पुनः खुला स्थानमा बस्न थालेका छन भने राजधानी फेरी सुनसान भएका छन ।

 यसैवीच आज बिहान दोलखा र काभ्रे केन्द्र भएर दुई पराकम्पन गएको छ । बिहान ३ बजेर १३ मिनेट जाँदा दोलखा केन्द्र भएर ४.१ रिक्टर स्केल र ३ बजेर २३ मिनेट जाँदा काभ्रेपलाञ्चोक केन्द्र भएर ५.० रिक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।