शुक्रबार, बैशाख १४, २०८१

घरभाडा वृद्धि गर्ने घरधनीलाई कारवाही गर्नु : गृह मन्त्रालय

काठमाडौ वैशाख २६, गृह मन्त्रालयले भूकम्पबाट जनधनको क्षति भएको अवस्थामा राजधानीमा घरभाडा वृद्धि गर्ने घरधनीहरुलाई कारवाही गर्ने भएको छ। मुलुक विपदको  गृह मन्त्रालयघडिमा रहेको अवस्थामा घरधनीले घरभाडा वृद्धि गरेको भन्ने सूचना प्राप्त भएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै यस किसिमको अभियान सुरु गरेको हो ।

त्यस्तै मन्त्रालयले पीडामा परेका व्यक्ति तथा समुदायलाई सहयोग गर्नुपर्नेमा विषम् परिस्थितिको फाइदा उठाउँदै घरभाडा वृद्धि गर्ने जस्ता कार्य सामाजिक, नैतिक र कानुनी दृष्टिकोणबाट समेत अनुपयुक्त हुने भएकाले त्यस्ता कार्य नगर्न नगराउन र विपत्को समयमा फाइदा उठाइ घरभाडा वृद्धि गर्ने जस्ता कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिईसकेको जनाएको छ ।

त्यस्तै मन्त्रालयले मन्त्रालयका प्रवक्ता लक्ष्मीप्रसाद ढकालले कोही कसैबाट त्यस प्रकारको कार्य गरेको सूचना प्राप्त भएमा नजिकको सुरक्षा निकाय तथा नेपाल प्रहरीको टेलिफोन नं १००, गृह मन्त्रालयको आपत्कालीन कल सेन्टरको टेलिफोन नं १२३४ र सशस्त्र प्रहरीको टेलिफोन नं १११४ मा सम्पर्क गर्न आग्रह गरेको छ।