शनिबार, बैशाख १५, २०८१

काठमाडौँ उपत्यकामा ४० माइक्रोनका प्लास्टिक झोलाको प्रयोग तथा उत्पादनमा प्रतिबन्ध

काठमाडौ चैत्र २०, व्यवस्थापिका–संसद्को वातावरण समितिले दिएको निर्देशनअनुसार वातावरण संरक्षण ऐन, २०५३ को दफा ७ अन’रुप काठमाडौ उपत्यकालाई स्वच्छ सफा र प्रदूषणमुक्त बनाउने उद्देश्यले सरकारले आगामी वैशाख १ गतेदेखि काठमाडौँ उपत्यकाभित्र प्लास्टिक झोलालाई पूर्णरुपमा plastic-bags1हटाउने भएको छ ।

विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयले प्लास्टिक झोला नियन्त्रणका लागि ब’धवर राजपत्रमा सूचना प्रकाशित गरी ४० माइक्रोन मोटाइसम्मका प्लास्टिक झोला प्रयोग तथा उत्पादन गर्न रोक लगाउँदै उपत्यकाको पूर्वपट्टी गोदावरी भञ्ज्याङ, त्रिवेणी डाँडा र पार्टी भन्ज्याङको सिरानैसिरान हुँदै अमालडोलको पूर्वपट्टीको पानी ढलो भई रोहिणी भञ्ज्याङ र सिरानैसिरान हुँदै मन्चुरी लेक र चिपुडाँडाको सिरानसम्म प्लास्टिकको झोला प्रयोग गर्न प्रतिबन्ध लगाएको जनाएको छ ।

यस्तै पश्चितर्फ सिमपानी काजी गाँउ, भट्टाचौर, दक्षिणकाली, तालुक गुरदम खोला हुँदै चखेलको उत्तरपट्टीको पानी ढलो, चन्द्रागिरि सिमभञ्ज्याङ मसिनी गाँउको पूर्वपट्टीको पानी ढलो, दहचोक डाँडा, मजुवा गाँउ, भीमढुङ्गा थुम्की र पाँचमाने भञ्ज्याङसम्म त्यस्तै उत्तरतर्फ पाँचमाने भञ्ज्याङ र शिवपुरी लेकको सिरानैसिरान हुँदै बोलाङ्ग र चिपुडाँडासम्म र दक्षिणतर्फ गोदावरी भञ्ज्याङको सिरानैसिरान ढुङ्गाखानी खोला, बाबियागाउँ र दक्षिणपट्टिको पानीढलो भई वागमती नदी हुँदै सिमपानीसम्म प्लास्टिक झोला प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।