बिहिबार, बैशाख १३, २०८१

सुन्दरीजलबाट सुन्दरीघाटसम्म ६० हजार व्यक्तिको मानव साङ्लो निर्माण गरिने

प्रसङग:  वागमती सरसफाइ महाअभियान

काठमाडौ चैत्र २०, वागमती सरसफाइ महाअभियानको सयौं हप्तामा काठमाडौँको सुन्दरीजलबाट सुन्दरीघाटसम्मको वागमती किनारामा यही चैत २८ गते शनिबार ६० हजारभन्दा बढी सर्वसाधारण सहभागी हुने मानव साङ्लो निर्माण गरिने भएको छ ।

मानव साङ्लो वागमतीलाई सफा बनाउने महाअभियान गतवर्षको ज्येष्ठ ५  गते देखि सुरु भएको सय हप्ता पुगेको अवसरमा सुन्दरीजलबाट  सुन्दरीघाटसम्मको २८ किलोमिटर वागमती नदी किनाराको  दुबैतिर मानव साङ्लो निर्माण गरी वागमती सफाइ गर्न लागिएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा  नेपाल सरकारका मुख्य सचिव लीलामणि पौड्यालले बताउँनु भएको छ ।

त्यस्तै उहाँले महाअभियान सरसफाइ सभ्यताको पहिलो सूचक भएको बताउँदै समाजप्रतिको व्यक्तिको उत्तरदायित्वबोधका साथै आफ्नै लागि मात्रै गर्ने मानसिकताविरुद्धको अभियान पनि भएको रत्यैकौ कडि स्वरुप वागमती सरसफाइ महाअभियान ‘रुगरिएको बताउँनु भएको थियो ।

पत्रकार सम्मेलनमा सहभागी विभिन्न सञ्चारमाध्यमका पदाधिकारी तथा प्रतिनिधिहरूले वागमती सरसफाइ महाअभियानको सफलताका लागि प्रचारप्रसार सहित हरसंभव सहयोग  गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो