शुक्रबार, बैशाख १४, २०८१

ऐतिहासिक बिस्केट जात्रा आजदेखि सुरु

भक्तपुर चैत्र  २७ ,नयाँ वर्षको आगमनसङगै भक्तपुरमा आठ रात नौ दिनसम्म धुमधामका साथ मनाईने प्रसिद्घ एवम ऐतिहासिक बिस्केट जात्रा आजदेखि सुरु भएको छ । आज जात्राको पहिलो दिन तान्त्रिक विधिअनुरूप निर्माण गरिएको भैरव र भद्रकालीको रथ टौमढीबाट भक्तपुरको माथिल्लो क्षेत्र क्वाछें, साकोथा, सुकुलढोका, गोलमढी क्षेत्र तर्फ तानि रथलाई तल्लो क्षेत्रमा गःहिटी पु-याई पहिलो दिनको रथयात्रा विसर्जन गर्ने परम्परा रहेको छ ।