मङ्लबार, बैशाख ४, २०८१

गणेशमान सिंहका सङ्घर्ष तथा बलिदानको स्मरण

काठमाडौं चैत्र २७,  नेपाली काँग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले आज राजधानीमा आयोजना गरेको गणेशमान बलिदान अभियानको समापन 11126950_10202606052231203_1993905449_nकार्यक्रममा शान्ति, संविधान र विकासका लागि सबैले सहयोग गर्नुपर्ने अभिव्यक्ति सहित सहभागीवक्ता नेताहरूले लोकतान्त्रिक आन्दोलनका शिखर व्यक्तित्व गणेशमान सिंहका सङ्घर्ष तथा बलिदानको स्मरण मात्र गरेनन।

गणेशमान सिंहको बलिदानीपूर्ण सङ्घर्ष सबैका लागि अनुकरणीय भएको बताउँदै प्रजातन्त्रका लागि समग्र जीवन नै बलिदान गरेका सिंहको प्रेरणा बाट संक्रमण अवस्थामा रहेको मुलुकको यो घडिमा गणेशमानकै जस्तो निर्णय क्षमता एवम् साहसको आवश्यकता रहेको बताए ।