शनिबार, बैशाख १५, २०८१

सहमतिको नाममा अनन्तकालसम्म मुलुकलाई बन्धक बनाउँनु घातक : उपसभापति पौडेल

काठमाडौ चैत्र ८,  पूर्व प्रधानमन्त्री एवम् काँग्रेसका तत्कालीन सभापति स्व गिरिजाप्रसाद कोइरालाको पाचौँ स्मृति दिवसको अवसरमा जिपी कोइराला imagesअध्ययन केन्द्रले आज राजधानीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन   गर्दै काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले स्व कोइरालाप्रति श्रद्धाञ्जलि व्यक्त गर्न उहाँले सुरु गर्नुभएको शान्ति र संविधानको अभियान पूरा गर्न समयमै संविधान जारी गर्नुपर्ने बताउँदै सहमतिको नाममा अनन्तकालसम्म मुलुकलाई बन्धक बनाईनु आफैमा घातक सावित हुँने बताउँनु भएको छ ।

त्यस्तै महामन्त्री कृष्णप्रसाद सिटौलाले लोकतन्त्रका सम्बन्धमा गिरिजाबाबुले कहिल्यै कसैसँग कुनै सम्झौता नगरेका स्मरण गर्दै जसरी गिरिजाबाबुले मुलुकमा शान्ति बहालीको लागि गर्नुभएको योगदानको बाँकी अभिभारालाई साकार पार्ने जिम्मेवारी अहिले प्रमुख दलका प्रमुख नेताको काँधमा आएको बताउँदै जुनसुकै हालतमा पनि त्यो अभिभारा पूरा गर्नुपर्ने बताउँनु भएको  उक्त कार्यक्रममा नेकपा एमालेका  सभासद् राजेन्द्र पाण्डे काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेल, काँग्रेस काठमाडौँका सभापति तथा सभासद् भीमसेनदास प्रधानलगायतका वक्ताहरुले स्व कोइरालाको योगदानको चर्चा गर्नुभएको थियो ।