शुक्रबार, चैत्र १६, २०८०

विप्लव नेतृत्वको माओवादीद्दारा कार्यकर्ता रिहाइको माग गर्दै आन्दोलनको घोषणा

काठमाडौ चैत्र  ८,  नेत्रविक्रम चन्द विप्लव नेतृत्वको माओवादीले आफ्ना नेता कार्यकतालाई पक्राउ गरिएको विरोधमा आन्दोलनका विभिन्न कार्यक्रमहरू Biplabघोषणा गरेको छ ।  विप्लव नेतृत्वको माओवादीले आज यहाँ पत्रकार सम्मेलन गरी आफ्ना नेता कार्यकर्ताको रिहाइका लागि दबाबस्वरूप आन्दोलनको घोषणा गरेको हो ।

 घोषित   आन्दोलनका  कार्यक्रम अनुसार   चैत ९ गते कोणसभा र १४ गतेसम्म प्रचार-प्रसार र  १६ गते देशका सबै जिल्ला कार्यालय घेराउ, १७ गते मशाल जुलुस र १८ गते नेपाल बन्दको कार्यक्रमरहेका छन ।

गत शुक्रबार लगानी बोर्डका कार्यकारी अधिकृत राधेश पन्तको बाँसबारीस्थित निवासमा कालो झण्डा गाड्ने क्रममा माओवादीका स्थायी समिति सदस्य ईश्वरी दाहाल, पूर्वराज्यमन्त्री पद्म राईसहित १७ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।