शनिबार, बैशाख १५, २०८१

शिक्षा अधिकारी ढकालविरुद्ध मुद्दा दायर

काठमाडौ चैत्र १२,  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जिल्ला शिक्षा कार्यालय, बाँकेका तत्कालीन जिल्ला शिक्षा अधिकारी भक्तबहादुर ढकाल 1235071_238849426264381_1100343611_nविरुद्धआज विशेष अदालतमा आज मुद्दा दायर गरेको छ ।  अख्तियारका अनुसार तत्कालीन जिल्ला शिक्षा अधिकारी ढकालले पिसिएफ कोटामा शिक्षकलाई नियुक्त गर्दा शिक्षा विभागको दरबन्दी मिलान निर्देशिका विपरीत राहत अनुदानबाट तलबभत्ता खुवाएकाले मुद्दा दायर गरेको जनाएको छ।

मन्त्रालयका उपसचिव रामसुरेश यादव र शाखा अधिकृत मनप्रसाद रेग्मीको समेतको संलग्नतामा शिक्षा अधिकारी ढकालले । गैरकानुनी तवरले सत्यनारायण पाठक, अर्जुनकुमार पौड्याल, रुद्रबहादुर ओली, एकदेव पन्थ, सीताराम कुर्मी बर्मा, र भोलाप्रसाद तिवारीलाई शिक्षकमा नियुक्त गरि रहेको रु ६९ लाख १४ हजार ५१ तलबभत्तासमेत दिइएकाले हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको आयोगले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।