बिहिबार, बैशाख २७, २०८१

राजस्व छल्ने व्यापारीको सूची उपलब्ध गराउन अर्थलाई लेखा समितिको निर्देशन

काठमाडौ चैत्र १२,   व्यवस्थापिका–संसद् अन्र्तगतको सार्वजनिक लेखा समितिको आज बसेको बैठकले नक्कली भ्याट बिल बनाएर राजस्व छल्ने bicc व्यापारीको पूर्ण सूची समितिलाई उपलब्ध गराउन अर्थ मन्त्रालयलाई निर्देशन दिएको छ । त्यस्तै समितिका सभापति जनार्दशन शर्माले नक्कली भ्याट बिलको ताण्डव गर्दै मुलुकलाई ठगी गर्नपल्किएका व्यापारीमाथि कारबाही नभएकाले तत्काल विवरण उपलब्ध गराउन आजको बैकले निर्देशन गरेको बताउँनु भएको छ ।

राजस्वको लक्ष्यभन्दा कम असुली भएको अवस्थलाई अत्मासात गर्दै गैरकानुनी काम गर्नेको मनोबल उच्च भएको भन्दै त्यस्त व्यापारीमाथि कारवाही गर्न समितिले यस्तो निर्देश गरेको हो ।  समितिको बैठकमा सभसदहरुले हरेक आर्थिक वर्ष राजस्व वक्यौता रहने गरेको, उठाउनेतर्फ सरकारले प्रभावकारी कदम चाल्न नसकेकोमा तिव्रआलोचना समेत प्कट गरेको प्राप्त समाचारमा उल्लेख गरिएको छ । ,

त्यस्तै समितिले आगामी बैठकमा प्रवे���ाज्ञा प्रणाली निजी कम्पनीलाई दिने सरकारको तयारीका बारेमा छलफल गर्ने भएको छ । मुलुकको अस्तित्वसँग जोडिएको विषय भएको भन्दै प्रवेशाज्ञा प्रणाली निजी कम्पनीलाई दिने भन्ने गृह मन्त्रालयको तयारी कुनै पनि हालतमा प्रासङगिक नभएको बताउँदै आगामी बैठकमा सो सम्बन्धी कागजात उपलब्ध गराउन गृह मन्त्रालयलाई समेत निर्देशन दिएको छ ।