शुक्रबार, बैशाख १४, २०८१

अन्तर्राष्ट्रिय उडान शनिबारसम्मका लागि स्थगित

काठमाडौ फागुन २२,  बुधबार टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ को विमान अवतरणका क्रममा दुर्घटनापछि अवरुद्ध हुदै आएको अन्तर्राष्ट्रिय विमानस्थलमा  विद्यमान अवरुद्धता हटाउँन शुरु गरिएको कार्य नसकिएका कारण शनिबार बिहान १० बजेसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान स्थगन गरेको छ ।

अवरुद्ध धावनमार्ग खुलाउन विमानस्थलले भारतबाट ल्याइएको उपकरणसहित विज्ञ टोलीले काम सुरु गरे पनि अझै समय लाग्ने भएकोले शनिवार सम्मका लागि अन्तर्राष्ट्रिय उडान स्थगन गरेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको छ।