शुक्रबार, बैशाख १४, २०८१

आज देशभर महाशिवरात्री पर्व मनाईंदै, पशुपतिनाथलगायत शिवालयहरुमा भक्तजनको घुईंचो

काठमाडौं फागुन ५,        आज महाशिवरात्रि, आराध्यदेव भगवान शिवको पूजा आराधना गरि देशभर मनाईदैछ । विषेशगरि हिन्दुधर्माबलम्बीहरु आज बिहानै नदि, ताल, कुण्ड र तलाउमा स्नान गरि विभिन्न शिवालयहरुमा गई श्रद्धापूर्वक पूजा गर्ने गर्दछन् ।
pashupati-mandir1शिवजी उत्पन्न भएको रातका नामबाट नामाकरण गरिएको यो पर्व कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार रात्रीमध्ये एक पवित्र पर्वका रुपमा पुराणमा उल्लेख गरिएको छ । फाल्गुण कृष्ण चर्तुदशीका दिन मनाईने यस पर्वको अवरमा भगवान् श्री महादेवको दर्शन गर्न र शिवरात्री पर्वको मेला भर्न आज नेपालका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको छ । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा पुराणहरूमा वर्णित छ ।

फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई सम्पूर्ण दीनदुःखी र कष्टपूर्ण अवस्थामा रहेका प्राणीहरूको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवको अति प्यारो दिनका रूपमा पनि लिइन्छ ।

त्यस्तै दिनदुःखी र कष्ठपूर्ण अवस्थामा रहेका प्राणीहरुको हृदयमा धर्मको उदय गराउने आशुतोष भगवान शिवलाई आज भक्तहरुले शिवलाई मनपर्ने दुध, धतुरो, वेलपत्र चढाई पूजा गर्ने र व्रत बसी रातभरी जाग्राम गरेमा सिद्धी प्राप्त भई यमलोक जानु नपर्ने धार्मिक विश्वास पनि र���िआएको छ ।
आज घरघर, चोक, मठमन्दिर लगायतमा दाउराको धुनी जगाउँन गरिन्५ राष्ट्रिय पर्व महाशिवरात्रि को अवरमा आज राष्ट्रिय विदा समेत दिईएको छ ।