शनिबार, बैशाख १५, २०८१

२१ औं सुविसु क्यान इन्फोटेक भब्यताका साथ सम्पन्न

३ लाख ३१ हजार १ जनाद्वारा इन्फोटेकको अवलोकन

काठमाडौ माघ १९, राजधनीमा जारी सूचना तथा सञ्चार प्रविधिको विकास, विस्तार र प्रवद्र्धन गर्ने उद्देश्यले कम्प्युटर एसोसिएसन नेपाल महासङ्घले आयोजना गरेको २१ औँ सुबिसु क्यान इन्फोटेक आजबाट सम्पन्न भएको छ ।  सुबिसु क्यान इन्फोटेकको प्रस्तुत २१ औँ संस्करण अन्र्तगत यस वर्ष प्रदर्शनीमा तीन लाख ३१ हजारले can logoअवलोकन गरेको क्यानका महासचिव अमृत पन्ते जानकारी दिदै गत माघ १४ गते उपप्रधान तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहले उद्धघाटन गर्नु भएको इन्फोटेकको विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गर्नु भएको र यस पटकको इन्फोटेकको सूचना तथा संचार मन्त्री मिनेन्द्र रिजाल, परराष्ट्रमन्त्री महेन्द्र बहादुर पाण्डे, संसदीय विकास समितिका सभापति रविन्द्र अधिकारी, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एमालेका नेता झलनाथ खनाल, नेकपा एमाले केन्द्रिय कमिटी सचिव प्रदिप ज्ञवाली, राष्ट्रिय सूचना आयोगका प्रमुख कृष्णहरि वास्कोटा लगायतले अवलोकन गर्नु भएको उहाँले बताउँनु भएको छ ।

पन्ध्रौँ आइसिटी सम्मेलन सम्पन्न

यसैबीच आइतबारदेखि राजधानीमा सुरु भएको सूचना प्रविधिसम्बन्धी दुई दिने आइसिटी सम्मेलन आजै सम्पन्न भएको छ । प्रस्तुत १५ औँ सम्मेलनमा अहमदाबादका सूचना प्रविधिविज्ञ अहमदाबादका प्राडा सुभाष भट्नाकर प्रमुख वक्ताको रुपमा रहनुभएको थियो भने  सम्मेलनमा ‘इमर्जिङ टेक्नोलोजी फर आइसिटी फोर डी’ र ‘ज्ञानमा आधारित उद्योग र रोजगारी’ विषयमा विषय विज्ञहरुले विभिन्न कार्यपत्र प्रस्तुत गर्नु भएको छ । ‘आइओटी सोसिओ इकोनोमिक प्रोस्पेक्ट’, ‘पब्लिक सर्भिस डेलिभरी र गभर्मेन्ट ट्रान्सफर्मेशन’, ‘पब्लिक सर्भिस डेलिभरी इन्साइट्स डेभ्लोपिङ कन्ट्रीज’ तथा ‘आइसिटीका लागि पेशागत सिप विकास’ विषयक कार्यपत्रहरु प्रस्तुत गरिएको महासङघ द्दारा जारी प्रेसविज्ञप्तिमा उल्लेख रहेको छ ।

त्यस्तै यस पटकको इन्फोटेकको शिर्ष प्रायोजक रहेको सुविसु केवलनेट, प्लाटिनम स्पोन्सर भायनेट, डायमण्ड स्पोन्सर सामसुङ, गोल्ड स्पोन्सरहरु वेभ सर्पmर र वल्र्ड लिङ्क, सिल्भर स्पोन्सरहरु कलर्स, हुुवाई, नेटिस र एसपावर रहेको थियो भने प्रिन्ट स्पोन्सरमा पानासोनिक स्मार्टफोन रहेको थियो । २१९ वटा स्टल रहेको प्रदर्शनीमा हार्डवेयर सेल्स तथा मेन्टीनेन्स्, पावर सोलुसन्स्, मोवाईल एसेसोरिज, डिलर र डिस्ट्रिव्युटर्स, ईन्टरनेट सेवा प्रदायक, टेलिकम्युनिकेशन्स्, आईसीटी कलेज तथा ट्रेनिङ्ग ईन्स्टिच्युटस्, सफ्टवेयर सोलुसन्स्, पेमेन्ट सोलुसन्स् लगायतका स्टलहरु रहेका थिए ।