शुक्रबार, चैत्र १७, २०७९

ज्ञानका जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति

काठमाडौं फागुन २७,  काठमाडौं महानगरपालिका वडा न १३ स्थित ज्ञानोदय माविका पूर्व विद्यार्थीहरुको सङगठित संस्था ज्ञानोदय पूर्व विद्यार्थी समाजले आज एक IMG_20150311_101319IMG_20150311_100905कार्यक्रमकावीच उक्त विद्यालयमा हाल अध्ययनरत छात्र छात्राहरुलाई प्रति विद्यार्थी रु दुईहजार छात्रवृत्ति वितरण गरेको छ ।

प्राप्त समाचारमा उल्लेख भएअनुसार समाजले विद्यालयका कक्षा नौ र दशमा अध्येयन गर्दै गरेका छात्रछात्रा मध्येबाट अव्वल एवम जेहेन्दार विद्यार्थीको पहिचान गरि थप हौसला अभिवृद्धिको लागि भन्दै  १६ जना विधार्थीलाई छात्रवृत्ति प्रदान गरेको उल्लेख रहेको छ।

कार्यक्रममा समाजका अध्यक्ष साधुराम   गौतम र उपाध्यक्ष  अर्जुन गौतमले संयुक्त रूपमा विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो ।

छात्रवृत्ति वितरण गर्दै  समाजका अध्यक्ष  गौतमले संस्थाको स्थापनाकाल देखिनै यस किसिमको रचानात्मक एवम् सहयोगात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको बताउँनुभएको थियो । त्यस्तै  विद्यालयका प्रार्चाय नातीकाजी महर्जन लगायतका वक्ताले छात्रवृत्तिले विधार्थीको वृत्ति विकासमा महत्वपूर्ण सहयोग पुगेको अभिव्यक्ति दिनु भएको थियो ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

March 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
232425262728