शुक्रबार, बैशाख १४, २०८१

संविधानको प्रक्रियामा असहमति जनाउँदै आन्दोलित एमाओवादी सहितका विपक्षीलाई वार्तामा आउन प्रम कोइरालाको आह्वान

प्रम कोइराला भने- संविधान निर्माण प्रक्रियामा जुट्न आवश्यक सहमति र समझदारी निर्माण गर्न अबिलम्ब सार्थक वार्ता सुरु गरौं

काठमाडौं माघ २५ , संविधानको प्रक्रियामा असहमति जनाउँदै आन्दोलनमा गएका र संविधानसभाबाहिर रहेरका दललाई लिखितै रुपमा वार्तामा आउँन् प्रधानमन्त्री सुशील PM (1)कोइरालाले आग्रहसहितको लिखित वक्तव्य जारी गरी एमाओवादीसहित विपक्षी दललाई वार्तामा बोलाएका छन् ।

लिखित पत्र पठाउँदै प्रधानमन्त्रीले एमाओवादी, मधेस केन्द्रित र साना दललाई वार्तामा बोलाएका हो । प्रधानमन्त्री कोइृरलके ये कदम सङगसङगै केहि मय यता दखि पानीवरावरको स्थितीमा रहेका सत्तारुढ र विपक्षीबीचको संवादहिनता अन्त्य हुने सङकेत समेत देखिएको छ ।
त्यस्तै प्रधानमन्त्री कोइरालाले आज पठाएको लिखित पत्रमा बाह्रबुँदे समझदारीदेखि जनआन्दोलन र विस्तृत शान्ति सम्झौताका सहयात्रीको सहयात्रीसङगै मिलेर संविधान निर्माण प्रक्रियामा जुट्नुपर्ने उल्लेख गरिएको छ ।

साथै उहाँले आफ्नो राष्ट्र र जनताप्रतिको मूल कर्तव्यलाई ध्यानमा राखी हिजोका शान्ति प्रक्रिया र जनआन्दोलनका सहयात्री सँगै मिलेर संविधान निर्माण प्रक्रियामा जुट्न तथा आवश्यक सहमति र समझदारी निर्माण गर्न अबिलम्ब सार्थक वार्ता सुरु गरौं भन्दै पत्रमा प्रधानमन्त्री कोइरालाले माघ ५ गतेकै सहमतिको विन्दुबाट अगाडि बढ्न पनि अपील गर्नु भएको  छ ।

त्यस्तै पत्रमा प्रम कोईरालाले  आफूले चुनेका प्रतिनिधिद्वारा निर्मित संविधानको आधारमा देशको शासन सञ्चालन गर्ने नेपाली जनताको २००७ सालदेखिको चाहना अझै अधूरै रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले मुलुकमा कायम रहेको सङ्क्रमणकाल लम्बिदै जाँदा मुलुक र जनताले हासिल गर्न सक्ने आर्थिक समृद्धिको सम्भावना समेत अन्योलमा परेको र सेको लागि पनि संविधान निर्माण प्रक्रियालाई ढिला गर्न नहुनेमा जोड दिएका छन् ।