शनिबार, बैशाख १५, २०८१

संविधानका विवादित प्रसङगमा केन्द्रीत हुदै नेपाल बारले राष्ट्रव्यापी सम्मेलनको आयोजना गर्ने

काठमाडौ फागन १, नेपाल बार एसोसिएसनले राष्ट्रपति डा रामवरण यादवको प्रुख अतिथ्यतामा आगामी चैतको पहिलो हप्ता राष्ट्रव्यापी सम्मेलन गर्ने भएको छ । barBuildingसंविधानसभाबाट संविधान जारी गर्न सहयोग पु¥याउने उद्देश्यले आगामी चैत ५–७ सम्म चितवनमा सम्मेलनको आयोजना गर्न लागेको बारले जनाउँदै सम्मेलनमा संविधानका अन्तरवस्तुमा देखिएका विवादित विषयहरू राज्य पुनःसंरचना, शासकीयस्वरुप, न्याय प्रणाली, निर्वाचन प्रणालीलगायतका विषयमा छलफलगरी घोषणापत्र जारी गर्ने र सो घोषणापत्र संविधानसभालाई सुझावका रुपमा प्रस्तुत गरिने बारले जनाएको छ ।

त्यस्तै न्याय, सुशासन तथा भ्रष्टाचार नियन्त्रण, महिला, बालबालिका र सीमान्तकृत समुदायको अधिकार, वातावरणीय तथा प्राकृतिक स्रोतसम्बन्धी कानुन, देवानी तथा फौजदारी कार्यविधि संहिता, कानुनी पेसा र कानुनी सहायताका विषयमा समेत सम्मेलनमा छलफल हुने गरिन भएको छ ।