मङ्लबार, बैशाख ११, २०८१

२०औैँ जनयुद्ध दिवसको सन्देशमा एमाओवादी अध्यक्ष प्रचण्डले भने-जन अधिकार संस्थागत गर्न प्रतिबद्ध छु

काठमाडौ फागुण १, एनेकपा माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०औैँ जनयुद्ध दिवसको अवसरमा विहीवार एक शुभकामना सन्देश दिँदै सहिदको  बलिदानबाट प्राप्त उपलब्धिलाई संविधान सभामार्फत संस्थागत गर्दै अगाडि बढ्न तयार रहेको बताउनुभएको छ ।

त्यस्तै शुभकामना सन्देशमा जनताको बलिदानबाट प्राप्त उपलब्धीलाई समाप्त पार्न सत्तारुढ दलले खेल्दै गरेको भूमिकालाई प्रतिवाद गरेर अगाडि बढ्न आफ्नो पार्टी तयार बताउँदै जनयुद्ध, १२ बुँदे समझदारी, १९ दिने जनआन्दोलन, मधेस आन्दोलन, जनजाति आन्दोलनलगायतका विभिन्न आन्दोलनले नेपाली समाजमा ल्याएको राजनीतिक उपलब्धीलाई संस्थागत गर्दै गणतन्त्र, सङ्घीयता, समानुपातिक–समावेशी सहभागिता, धर्म निरपेक्षता, सङ्घीयतामा आधारित राज्यको अग्रगामी पुनःसरचनालाई नयाँ संविधानमा संस्थागत गर्ने ऐतिहासिक प्रक्रियासम्म आइपुगेको उल्लेख गर्नुभएको छ ।