शनिबार, बैशाख १५, २०८१

बानेश्वरमा निषेधाज्ञा उल्लंघन गर्दा बाध्य भइ २१ सेल अश्रुग्यास प्रयोग गरेको गृहको प्रष्टिकरण

press rilijकाठमाडौं फागुन १६, एमाओवादी नेतृत्वको मोर्चाले आज काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । एमाओवादीले देशभरका कार्यकर्तालाई काठमाडौंमा उतारेर सत्तारुढ दलहरुविरुद्ध शक्ति प्रदर्शन गरेको हो । प्रदर्शनकोक्रममा सरकारले तोकेको निषेधाज्ञा उल्लंघन’ गर्दै प्रदर्शनकारीले नयाँ बानेश्वरमा सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्दा भएका झडपमा १६ जना सुरक्षाकर्मी घाइते भएको गृहले प्रकाशित गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ।
त्यस्तै झडपको क्रममा सुरक्षाकर्मीले ‘बाध्य भइ’ २१ सेल अश्रुग्यास प्रयोग गरेको जनाउँदै प्रहरीले चेकजाँचका क्रममा नयाँ बानेश्वरबाट २ हजार थान तथा नागढुंगा नाकाबाट ६ सय थान लाठी बरामद गरेको जनाइएको छ ।