बुधबार, बैशाख १२, २०८१

सहमतिको प्रक्रिया सुरु नगरिए सत्तारुढ दलले गम्भीर परिणाम भोग्नुपर्ने प्रचण्डको चेतावनी

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज राजधानीमा शक्ति प्रदर्शन

३० दलीय मोर्चाको जुलुरका कारण आज राजधानीको सवारी आवागमन पूर्णत प्रभावित

निषेधित तोडन खोज्दा प्रदर्शनकारी र प्रहरीवीच  झडप

प्रहरीले लाठी र अश्रुग्याँस प्रहार गर्दा प्रदर्शनकारी तितरवितर

बहुमतीय प्रक्रिया अघि बढाइए जिल्ला कब्जा अभियान सुरु गर्ने चेतावनी 

काठमाडौ फागुन १६,  एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले आज राजधानीमा शक्ति प्रदर्शन गरेको छ । मोर्चाले आज टुँडिखेल  खुल्ला मञ्चमा आयोजना गरेको timthumb (2)सभामा देशभरबाट मोर्चाका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभगिता रहको थियो । ३० दलीय मोर्चाको जुलुरका कारण आज राजधानीको सवारी आवागमन पूर्णत प्रभावित भएको थियो । त्यस्तै शक्ति प्रदर्शनको क्रममा मोर्चा आवद्ध समूहको जुलुस तिनकुनेबाट नयाँ बानेश्वर पुग्दा संविधानसभा भवन अगाडीको निषेधित तोडन खोज्दा प्रदर्शनकारी र प्रहरीवीच केहिवेर झडप पनि भएको थियो ।झडपको क्रममा प्रहरीले लाठी र अश्रुग्याँस प्रहार गर्दा प्रदर्शनकारी तितरवितर भएको थियो ।

यसैवीच खुलामञ्चमा निर्धारित समय भन्दा एक घण्टा ढिला सुरु भएको सभालाई सम्बोधन गर्ने गर्दै मोर्चाको संयोजकसमेत रहनुभएका एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल  प्रचण्डले जसरी सत्तारुढ दलले बहुमतिय दम्भ प्रदर्शन गर्दै विपक्षिदललाई पाखा लगाउँने प्रयास गरेका छन त्यो प्रयासको गतिलो जवाफआजको सभाले दिएको बताउँदै वार्ता मार्फत सहमतिको प्रक्रिया सुरु नगरिए सत्तारुढ दलले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन । त्यस्तै अध्यक्ष प्रचण्डले तत्काल बहुमतीय प्रक्रिया रोकेर संवाद समितिमार्फत सहमति खोज्ने प्रक्रिया अघि बढाउनु होईन भने आन्दोलनको हुने परिणाम भोग्न तयार भएर बस्दा हुँने भन्दै जबर्जस्ती बहुमतीय प्रक्रिया अघि बढाइए जिल्ला कब्जा अभियान सुरु गर्ने चेतावनी दिएका छन । त्यस्तै आफुहरुले शान्तिपूर्ण आन्दोलन गर्ने भन्दै गर्दा सरकारले आन्दोलनकारी माथि बल प्रयोग गरी अलोकतान्त्रिक चरित्र प्रदर्शन गरेकोे आरोप लगाउँदै अध्यक्ष दाहालले एमाओवादी एमालेजस्तो काँग्रेसको पुच्छर बन्न नसक्ने र यसपटक मर्न तयार रहेको तर विगतमा जस्तो झुक्न तयार नरहेको बताएका छन ।

त्यस्तै एमाओवादीकाअर्का नेता डा बाबुराम भट्टराईले सहमतीय प्रक्रियाबाट अगाडि बढ्ने प्रतिबद्धता जनाए आफूहरु वार्तामा बस्न तयार रहेको जानकारी दिँदै समय छँदै सहमतिमा आउन सत्तारुढ दललाई आग्रह गर्दै एमाओवादीले जातीय राज्य नमागेको बताउँनुभएको थियो ।  त्यस्तै मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले सत्तारुढ दललाई बहुमतको अहङ्कार बढेको आरोप लगाउँदै यदि सरकार वास्विकरुपमानै वार्तका पक्षपातीभ भएको हा भने तत्काल वार्ता प्रक्रिया सुरु गर्न आग्रह पनि गर्नुभएकोथियो । तर मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानसहितको सङ्घीयता स्वीकार गर्ने भएमात्रै वार्ताको औचित्य हुने जिकिर गर्दै अन्यथा वार्ताको कुनै तुक नभएको बताउँनुभएको थियो ।

सभालाई  सङ्घीय समाजवादी पार्टीका अध्यक्ष अशोक राई    सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो तराई–मधेस लोकतान्त्रिक पार्टीका वरिष्ठ उपाध्यक्ष हृदयेश त्रिपाठी कार्यक्रममा राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष सरतसिंह भण्डारी, सङ्घीय लोकतान्त्रिक थरुहट मञ्चका अध्यक्ष रुक्मिणी चौधरीलगायतले सम्बोधन गर्नुभएको थियो ।