शनिबार, बैशाख १५, २०८१

प्रम कोईरालाले मुलुकको ३७ औं र गणतन्त्र नेपालको पाँचौ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यभार सम्हालेका एक वर्ष पूरा

काठमाडौं माघ २७ , नेपाली कांग्रेसका सभापति सुशील कोइरालाले मुलुकको ३७ औं र गणतन्त्र नेपालको पाँचौ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यभार सम्हालेको आज downloadएक वर्ष पुगेको छ ।  व्यवस्थापिका संसदमा अज भन्दा एक वर्ष पहिले भएको निर्वाचनमा कोइराला ४ सय ५ मत पाएर प्रधानमन्त्रीमा निर्वाचित भएको हो  । एमाले र कांग्रेसबीच सातबुँदे सहमति भएपछि एमाले नेता केपी शर्मा ओलीको समर्थनमा कोइराला उम्मेदवार बनेका थिए ।

त्यसवेला एमाओवादी राप्रपा नेपाल लगायत मधेसी दलहरु भने बिपक्षमा मतदान गरेका थिए । संसदमा ५ सय ५३ सभासद उपस्थित भएकोमा बिपक्षमा १ सय ४८ मत परेको थियो ।  प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले आज एक वर्ष पूरा गरेको छ । काङ्ग्रेस सभापति कोइराला नेतृत्वको सरकारले एक वर्षमा संविधान जारी गर्ने, आर्थिक पारदर्शिता, भ्रष्ट्राचार नियन्त्रणमा प्रभावकारिता र जनमुखी राहत कार्यक्रमलाई प्राथमिता दिने प्रतिबद्धता जनाएको थियो ।