शुक्रबार, बैशाख १४, २०८१

निर्वाचन आयोगद्दारा उपनिर्वाचनको कार्यक्रम सार्वजनिक

काठमाडौ १ फागुन,   निर्वाचन आयोगले आगामी चैत २८ गते  बाग्लुङ क्षेत्र नं १ मा हुने संविधानसभा उपनिर्वाचनको लागि निर्वाचन कार्यक्रम आज सार्वजनिक गरेको छ । balet bosआयोगले सार्वजनिक गरेको उपनिर्वाचनको कार्यक्रम अनुसार चैत १ गते उम्मेदवारको मनोनयन दर्ता, २ गते उम्मेदवारी दर्ता र सूची प्रकाशन, ३ गते उम्मेदवारको विरोधमा उजुरी दिने, ४ गते मनोनयनपत्र एवम् उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, ५ गते नामावली प्रकाशन गर्ने र चैत ६ गते उम्मेदवारले नाम फिर्ता लिने रहको छ।

त्यस्तै चैत ७ गते अन्तिम नामावली प्रकाशन गरी चैत ८ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने र चैत २८ गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान गर्ने निर्वाचन कार्यक्रम सार्वजनिक गरेको आयोगद्दरा जारी विज्ञप्तिमा जनाइएको छ ।