शनिबार, बैशाख ८, २०८१

कामपाका तत्कालीन वरिष्ठ इन्जिनियर डङगोल भ्रष्टाचारी ठहर

काठमाडौं फागुन २,  विशेष अदालतका न्यायाधीश भूपेन्द्रप्रसाद राई, पवनकुमार शर्मा र नरेन्द्रकुमार शिवाकोटीको इजलासले काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर देवेन्द्र डंगोलले सरकारी रकम दुरुपयोग गरेको ठहर गर्दै १ करोड ९७ लाख ३७ हजार भन्दा बढी बिगो तथा जरिवाना असुल गर्नुपर्ने फैसला सहित अकूत सम्पत्ति मुद्दामा भ्रष्ट्राचारी ठहर गर्दै ३ महिना कैद हुने फैसला सुनाएको छ । bisays adalatका रूपमा कार्यरत डंगोल हाल मुलुकबाहिर छन् ।

 अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा  लोकमानसिंह कार्की प्रमुख आयुक्त नियुक्त भएपछि अख्तियारले विशेष अदालतमा दायर गरेका अकूत सम्पत्ति आर्जनसम्बन्धी मुद्दामा भएको यो पहिलो फैसला हो । अख्तियारले कार्कीको कार्यकालमा जम्मा तीनजनाविरुद्ध गतवर्ष  विशेष अदालतमा भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा मुद्दा दायर गरेको थियो।

साथै अदालतलेआफ्नो फैसलामा डंगोलले आर्जन गरेको सम्पत्तिको स्रोत देखाउन नसकेको र आर्जन गरेको सम्पत्तिमध्ये भतिजा अनुजबहादुर सिंहको नाममा १ करोड ८ लाख रुपैयाँ र सेभ्रोले स्पार्क गाडी समेत लुकाउने कार्य गरेकोले अख्तियारको दाबीलाई सदर गर्दै गाडी जफत हुने फैसला समेत सुनाएको छ ।