शुक्रबार, बैशाख १४, २०८१

घट्दो पेट्रोलियम पदार्थको मूल्यको आधारमा सार्वजनिक यातायातको भाडा घटाउन माग

काठमाडौं माघ २४, नेपाल विद्यार्थी सङघ, अनेरास्ववीयू सहित ६ विद्यार्थी संगठनहरुले पेट्रोलियम पदार्थको मूल्य घटेको आधारमा सार्वजनिक यातायातको भाडा घटाउनु  पर्ने माग गरेको छ ।  विद्यार्थी संगठनहरुको आज बिहान बसेको बैठकले भाडा घटाउनुपर्ने यसअघिको सहमति ३ दिन भित्र कार्यान्वयनको माग गरेको बैठक पछि जारी प्रेस विज्ञप्तिमा उल्लेख रहेको छ ।

त्यस्तै नेविसङघ प्रवक्ता यूपी लामिछानेले नेपाल सरकारका मुख्य सचिवको उपस्थितिमा विभिन्न मन्त्रालयका सचिव र विद्यार्थी सङगठनबीच यसअघि सवारी साधनको भाडामा वैज्ञानिक पद्धति अनुरुप मूल्य निर्धारण गर्ने सहमति भएको भए पनि यसवीचमा पटक पटक पेट्रोलियम पदार्थको भाउ घटेपनि भाडा नघटेकोमा आक्रोस व्यक्त गरेका छन । त्यस्तै उनले आफुहरुको मागप्रति सरकार उदासिन हुँदै कार्यान्वयन नगरे आफुहरु बाध्य भएर अन्दोलनमा उत्रनु पर्ने बताएका छन । त्यसको लगि आजै अपरान्ह ३ बजे संयुक्त विद्यार्थी संगठनहरुको बैठक बोलाइएको जानकारी दिदै  विद्यमान ,ग्यासको अभाव हटाएर दोहोरो मूल्य कायम गरिनुपर्ने, सिटिईभिटीले बढाएको शुल्क फिर्ता लिनुपर्ने लगायतका माग पनि बैठकले गरेको जानकारी दिएका छन ।