सोमवार, चैत्र १३, २०७९

उपसमितिले बनाएको प्रश्नावलीलाई अन्तिम रुप दिइने तयारी ,सङ्घीयता र शासकीय स्वरुपका विषयमा पनि प्रश्नावली बनाइने

काठमाडौ माघ २४, प्रश्नावली समितिले संविधानसभाको विवादित विषयहरुमध्ये दुईवटा विषय क्रमस व्यवस्थापकीय अङ्गको स्वरुप निर्धारण समिति र संवैधानिक  निकायको स्वरुप निर्धारण समितिको प्रतिवेदनका आधारमा शुक्रवार प्रश्नावली तयार पार्दै समितिको बैठकमा प्रतिवेदन पेस गरेको छ । सभासद् अग्नि खरेल नेतृत्वको उपसमितिले पेस गरेको प्रतिवेदनमाथि छलफल भएको र सोही आधारमा प्रश्नावली तयार पारिएको हो ।

यसअघि समितिले मौलिक हक, संविधान संशोधन र प्रस्तावनाका विषयमा प्रश्नावली बनाइसकेको छ भने मुख्य विवादका सवाल बन्दै आएको सङ्घीयता, शासकीय स्वरुप र न्यायप्रणाली जस्तो विषयको प्रश्नावली बनाउने काम अझै सुरुगर्न सकेको छैन ।  यसैक्रममा आज दिउँसो ३ बजे बस्ने बैठकले प्रश्नावली निर्माणको कामलाई आज टुंग्याउने तयारी गर्दै गरेको बुझिएको छ । प्रश्नावली प्रस्ताव निर्माण समितिको बैठकमा उपसमितिले बनाएको प्रश्नावली पेश गरेर त्यसमाथि थप छलफल गरी प्रश्नावलीलाई अन्तिम रुप दिइने तयारी भएको उपसमितिका संयोजक अग्नी खरेललाई उदृत गर्दै प्राप्त समाचारमा उल्लेख रहको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031