मङ्लबार, चैत्र ६, २०८०

कोइराला सरकारको उपलब्धि सार्वजनिक गरिँदै

काठमाडौ फागुन ८, प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा गठन भएको वर्तमान सरकारले गत माघ २८ गते एक वर्षको कार्यकाल पूरा गरेको अवसरमा वर्तमान Sushil-Koirala2 (1)सरकारको तर्फबाट भएका उपलब्धि आज अपराह्न सर्वजनिक गर्ने भएको छ ।

सरकारका प्रवक्ता एवम् सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले राष्ट्रिय योजना आयोगको प्रेक्षालयबाट अपराह्न ३: ३० बजे सरकारका प्रगति एवम् उपलब्धि सार्वजनिक गर्ने कार्यक्रम रहेको सूचना विभागका उपसचिव विष्णुभक्त रञ्जीतले बताउँनु भएको छ।  त्यस्तै उक्त कार्यक्रममा सहभागी हुन स्वदेशी एवम् विदेशी सञ्चारमाध्यमका प्रतिनिधिलाई आमन्त्रण गरिएको पनि उहाँलेजानकारीदिनुभएको छ ।