शुक्रबार, बैशाख ७, २०८१

काँग्रेसभित्र विपी विचार र चिन्तनको खोजी

काठमाडौं फागुन ७, ६५ औं प्रजातन्त्र दिवसको अवसरमा विपि विचार राष्ट्रिय समाज वी पी विचार राष्ट्रीय समाज, मारङग शाखाद्दारा पूर्वांञ्चल चल स्तरीय दुई दिने वी पी विचार गोष्ठिको आयोजना गरेका छ । केन्द्रीय अध्यक्ष एवम् सभासद् कुलबहादुर गुरुङले उक्त गोष्ठिको एक कार्यक्रमकावीच उद्घाटन गर्दै नेपाली काँग्रेसभित्र काँग्रेसको खोजी गर्न विपिको विचार लिएर हिडेको बताउनुभएको छ ।

त्यस्तै सभासद एवम् काँग्रेसका वरिष्ठ सदस्य गुरुङगले नेपाली काँग्रेसमा अहिले निष्ठा र सदाचारको राजनीति गर्नेले पार्टीमा स्थान नपाउने र पैसा कै भरमा टिकट दिने र सभासद् बनाउने प्रवृत्ति मौलाउँदै गएकोमा चिन्ता प्रकट गर्दै बास्तविक विपि विचार बोकेको काँग्रेसको खोजिमा देशव्यापी अभियान अन्र्तगत प्रस्तुत अभियानको सुभारम्भ गरिएको बताउँदै नेपाली जनतालाई रैतिबाट नागरिक बनाएको फागुन ७ को आफैमा ठूलो महत्व रहेको बताउँनु भएको छ ।

त्यस्तैगरि कार्यक्रममा समाजका उप सभापति एवम् नेपाली काँग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले वीपी विचार विनाको काँग्रेस प्राण नभएको जिव जस्तै भएको बताउँदै राष्ट्रियता बलियो बनाउन, प्रजातन्त्रलाई सुदृढ पार्न विपीको विचार आफैमा महत्वपूर्ण भएको अभिव्यक्ति दिनुभएको छ ।
त्यस्तै समाजका महासचिव विनयध्वज चन्दले काँग्रेसमा बैचारिक विचलन आएकौ कारण काँग्रेस सत्तामा भएपनि आम काँग्रेसले पार्टी सरकारमा भएको महशुस गर्न नसकेको बताउँनुभएको उक्त कार्यक्रममा सदस्य सुनीलकुमार भण्डारी, लोकेश ढकाल, सभासद पुष्कर आचार्य लगायतले नेपाली काँग्रेसले विपिको विचारलाई अझै अंगाल्न नसकेको धारणा राख्नु भएको थियो भने केन्द्री सदस्य लोकेश ढकालले वी वी विचार र चिन्तनलाई समयानुकूल परिमार्जन एवम् व्याख्या गर्दै त्यसलाई व्यवहारमा उतार्नु पर्नेमा जोड़ दिंदै यस कै प्रयासमा समाज अभियानका साथ लागेको वताउनु भएको थियो ।

शुक्रवारसम्म चल्ने विचार गोठिका बन्दसत्रमा समाजका केन्द्रीय सदस्य लोकेश ढकालले वीपीवाद र नेपाली काँग्रेस विषय र महासचिव विनयध्वज चन्द र केन्द्रीय सदस्य सुनीलकुमार भण्डारीले संगठनका विषयमा कार्यपत्र प्रस्तुत गर्नुहुनेछ । प्रजातन्त्र दिवसको अवसरमा पारेर आयोजना गरिएको कार्यक्रममा मोरङ काँग्रेसका सभापति तथा सभासद् अमृत अर्यालले अहिले काँग्रेसले मात्र नभएर कम्युनिष्ट, राप्रपालगायतका सबै दलले विपिको विचारलाई सम्झने गरेको बताउनुभयो ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

February 2015
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031