शुक्रबार, बैशाख १४, २०८१

काँग्रेस केन्द्रीय समितिको बैठक : सभासद कोइराला सहित १८३ जनाको कारबाही फुकुवा

काठमाडौ फागुन ११,  नेपाली काँग्रेस केन्द्रीय समितिको आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले संविधानसभाको दोस्रो निर्वाचनमा पार्टीका download (3)उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिने र बागी उम्मेदवारलाई सहयोग गर्ने नेता तथा कार्यकर्ताको कारबाहीका लागि अनुशासन समितिले सिफारिस गरेका सबैमाथिको कारवाही फुकुवा गर्न निर्णय गरेको छ ।

बैठकको निर्णय अनुसार यसरी कारवाहीमा केन्द्रीय सदस्य एवम् सभासद सुजाता कोइराला सहित १८३ जना नेता तथा कार्यकर्तालाई कारबाही फुकुवा गरी निजहरूको क्रियाशील सदस्यता निरन्तर रहने गरी नवीकरण गराउने निर्णय गरेको हो ।

आजको बैठकमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेल, महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, बालकृष्ण खाण, दीपकुमार उपाध्याय, मानबहादुर विश्वकर्मा, सुजाता कोइराला, पद्मनारायण चौधरी, उमाकान्त चौधरी, दिनबन्धु श्रेष्ठ, जीवनबहादुर शाही, कमला पन्त, अजयकुमार चौरसिया, मीन विश्वकर्मा, गगनकुमार थापा र गोविन्द भट्टराईले आ–आफ्नो धारणा राख्नुभएको थियो ।  अर्को बैठक यही फागुन १३ गते बिहान ८ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा पुनः बस्ने नेपाली काँग्रेसले जनाएको छ ।