शुक्रबार, चैत्र १६, २०८०

तत्कालीन आयोजना प्रमुखसहित चारविरुद्ध मुद्दा दायर

काठमाडौ फागुन ११.  अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हुलाकी राजमार्गको बाँके खण्डमा अनियमितता गरेको अभियोगमा तत्कालीन आयोजना प्रमुख मनोज  श्रेष्ठ इन्जिनियर खगेन्द्रबहादुर शाही, सब इन्जिनियर सन्तोष भण्डारी र जयबहादुर खत्रीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगद्दारा जारी विज्ञप्तिमा हुलाकी राजमार्गको राप्ती नदी पुलमा बेलिब्रिज बनाउँदा पर्याप्त प्राविधिक तयारी तथा गृहकार्य नै नगरी हचुवाको भरमा सो बेलिब्रिज निर्माण गर्दै नेपाल बिल्र्डसलाई भुक्तानी दिने कार्यमा आयोजना प्रमुख श्रेष्ठ सहित चार जनाले आअफ्नो तह र तप्काबाट अख्तियारको दुरूपयोग गरेको अनुसन्धानबाट देखिएको उल्लेख रहेको छ ।

त्यस्तै विज्ञप्तिमा उनीहरूले रु २५ लाख ६५ हजार ४९५ बराबरको सरकारी सम्पत्ति हानी नोक्सानी पु-याएको भन्दै हदैसम्मको कारबाहीको माग गर्दै मुद्दा दायर गरिएको जनाएको छ ।