शनिबार, बैशाख १५, २०८१

आन्दोलनले सत्तारुढदलको दम्भ पत्ताक्षेप पार्छौ :अध्यक्ष प्रचण्ड

काठमाडौं  फागुन ५,  एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी पत्रकार सङ्घ कास्कीले आज बिहान यहाँ आयोजना गरेको पत्रकार भेटघाट dhaallकार्यक्रममा बोल्दै सत्तारुढदल कांँग्रेस र एमालेले बहुमतको दम्भ नत्यागेम्म एमाओवादीलगायत ३० दलीय मोर्चाले सुरु आन्दोलनका नरोकिने बताउँनु भएको छ ।

एकातर्फ बहुमतको दम्भ प्रर्दशन गर्नेअर्कातर्फ सहमतिको लागि भन्दै वार्तामा बालउँने दुगुला चरित्रका कारणनै संविधान निमार्णको मार्गमा प्रगति हुँन नसकेको भन्दै अध्यक्ष प्रचण्डले अवको निर्णायक आन्दोलनले सत्तारुढदलको यो दम्भलाई पत्ताक्षेप गर्ने दावीगर्नुभएको छ ।

त्यस्तै उहाँले बाह्रबँुदे समझदारी, विस्तृत शान्ति सम्झौता र अन्तरिम संविधानको भावनाअनुसार आन्दोलनकारी शक्तिबीच सहमति गरेर नयाँ संविधान जारी गनुृपर्छ भन्दै आफुहरु संविधानका विवादित अन्तर्वस्तुमा अधिकतम लचिलो बन्दा पनि काँग्रेस र एमालेका केही नेताले मुकदर्शकपन प्रर्दशन गर्दै बन्दै गरेको सहमति भाँडेको आरोप लगाउनुभएको प्राप्त समाचारमा उल्लेख रहको छ ।