शुक्रबार, बैशाख १४, २०८१

ठगी आरोपमा गुरुकुल नेसनल उच्च माविका निर्देशकसहित ३ जना पक्राउ

काठमाडौं पौष २७, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले गुरुकुल नेसनल उच्च मावि सन्चालन गरी ठगी गरेको आरोपमा प्रहरीले माविका निर्देशकसहित ३ जनालाई पक्राउ गरेको छ ।
safe_imageिगत तीन वर्षदेखि गौशलामा उक्त मावि सञ्चालन गर्दै आएका निर्देशक महोत्तरी जलेश्वर–५ घर भई हाल काठमाडौँ कपन बस्ने ४३ वर्षीय सुजित सिंह, प्रशासकीय प्रमुख काठमाडौँ थापागाउँका ३१ वर्षीय सरोज राना मगर र सर्लाही भक्तिपुर–८ घरभई हाल नयाँवानेश्वर बस्ने ३६ वर्षीय मनोजकुमार आचार्यलाई पक्राउ गरिएको हो ।
यसरी पक्राउ परेका अभियुक्तले विभिन्न व्यक्तिलाई विद्यालयको शेयर दिलाउने भनी शिक्षक, कर्मचारीलाई दिनुपर्ने पारिश्रमिक नदिइ झुक्याएको र सेवा शुल्कबापत दिनुपर्ने रकम समेत नदिइ ठगी गरेको प्रहरीले जनाएको छ ।