शुक्रबार, बैशाख ७, २०८१

के भन्छन पूर्व राजा ज्ञानेन्द्र..?

राजनैतिक द्धन्द तिव्र रुपमा चर्कियो

सुनिल शर्मा-

झापा पौष २७, पूर्व राजा ज्ञानेन्द्र यति बेला तराईको जिल्लाब्यापी भ्रमणमा हुनुहुन्छ । पौष माघको मौसमी जाडो बढे पनि राजनैतिक तापक्रम भने तिव्र रुपमा बढेको छ । 081023-Gyanendra-hmed-2a.grid-6x2माघ ८ मा संविधान घोषणाको समय नजिकीदै गर्दा दलहरुबिचको बढ्दो दुरीले राजनैतिक धु्रवीकरणका साथै मुलुकमा द्धन्द बढ्ने निश्चित देखीएको छ । पूर्वराजाको तराईको भ्रमणलाई राजनैतिक रुपमा अर्थपूर्ण मानिएको छ । झापाको दमक स्थित ‘हिमालय टी गार्डेन’को आफ्नो मिनी दरबारमा बस्नु भएका पूर्व राजा ज्ञानेन्द्रले पूर्वाञ्चलका विभिन्न राजनैतिकदलका नेता र्कायकर्ता तथा नागरिक समाजका व्यक्तित्वहरुलाई नियमित रुपमा भेटघाट गर्नु भएको छ । भेटका क्रममा कतिपय राजनितिक दलका नेता तथा कार्यकर्ताले राजालाई पुन सकृय भएर आउन अनुरोध गरेका छन् । यद्यपी राजा ज्ञानेन्द्रले भेटका क्रममा जनताले चाहे आफु आउने बताउनुभयो । राजसंस्था पूर्नस्थापना भए राजाको रोल फेरी कस्तो हुने रु भन्ने जिज्ञासामा पुर्व राजा शाहाले भन्नु भयो । ‘जनताले जस्तो चाहन्छन् आफु त्यस्तै भएर बस्नेछ’ एक प्रश्नको जवाफमा ‘उहा“ले एक्टिभ होइन, कन्सट्रक्टिव हुन चाहेको खुलासा गर्नु भएको छ ।
राजनैतिक दलहरु र नेताहरु जिम्मेवार भएकाले समय मै संविधान आउने कुरामा आफु आशावादी रहेको उहा“ले बताउनुभयो । भारतमा आएको राजनैतिक परिवर्तनको असर नेपालमा पनि देखियो कि रु भन्ने एक अर्को प्रश्नको जवाफमा उहाँले ‘स्वाभाविक रुपमा छिमेकको परिवर्तनको असर आफ्नो मुलुकमा पनि देखिन थालेको बताउनुभयो ।
राजसंस्था पुर्नस्थापना प्रति निकै उत्साहित देखीएको पूर्व राजा देशको विग्रदो राजनैतिक परिस्थिति र जातीय तथा धार्मिक विखण्डता बढी रहेमा निकै चिन्तित देखिनु भएको छ । राजगद्धि त्यागेको ८ वर्ष लामो अनुभव बारे सोधिएको एक प्रश्नको जवाफमा उहा“ले भन्नुभयो ‘जनताले आफु माझमा आएर बस भनेको अनुभव’ भएको बताउनु भयो । राजसंस्था सबै नेपालीको साझा संस्था भएको स्मरण गराउँदै जनताले चाहे राज संस्था चाँडै फर्कने उहाँको कथन थियो । राजा कुनै एउटा व्यक्ति विशेष र जाती धर्म विशेषको नहुने हुदाँ नेपालको राजसंस्थाको इतिहाँस जनताबाट चलेको कुरालाई कसैले विर्सन नहुने उहाँको जिकीर थियो । पुर्व राजा तीन साता लामो भ्रमण भनिएकोमा थप तिन साता झापा, मोरङ्ग र सुन्सरीमा विताउनु हुने कुरा ज्ञानेन्द्र सरकार निकट स्रोतले बताएको छ ।

यसैवीच स्रोतका अनुृसार माघ ८ पछिको राजनैतिक घट्ना क्रमको विश्लेषण र लेखा जोखा गर्दै पूर्वराजा ज्ञानेन्द्रले आफु विवादमा नपर्न राजधानी छोडेर तराईको भ्रमण गर्नु भएको हो । पूर्व राजाको पूर्वी नेपालको भ्रमण नितान्त व्यक्तिगत भनिए पनि राजनैतिक र सामाजिक क्षेत्रका व्यक्तिहरु सङगको नियमित भेटघाट र त्यस पछिका राजनैतिक घट्नाक्रमले राजाको यो भ्रमण राजनैतिक उद्देश्य मुलक रहेको ठहर राजनैतिक विश्लेषकहरुको रहेको छ । राजनैतिक चेतना र राजनैतिक ठुला परिवर्तनहरुमा अग्रणी भुमिका खेल्दै आएको झापा, मोरङ्ग, सुनसरीमै राजाको ध्यान केन्द्रित हुनु र छिमेकी मुलुक भारतबाट समेत सकारात्मक सन्देश आउनुले राज संस्था ३ महिना भित्रमा पुर्नस्थापना हुने विश्लेषण गरिएको छ ।
ex-king-Gyanendra1उच्च सुरक्षा श्रोतका अनुसार भारतका प्रमुख सुरक्षा सल्लाहकार अजित दोभाले नेपाली सेनाका प्रधान सेनापती गौरव शम्सेरराणालाई गोप्य रुपमा काठमाडौंमा भेटेर फर्कनुलाई निकै रहस्य पूर्ण मानिएको छ । स्रोतका अनुसार शिवरात्रीको अवसर पारेर भारतिय जनताा पार्टीका अध्यक्ष अमीम शाह पनि माघ १० गते काठमाडौं आउने तयारीमा छन् । शाहाले राजा ज्ञानेन्द्र सहित केहि राजनैतिक दलका महत्वपुर्ण व्यक्तिहरु सङंग पनि भेटघाट गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै चिनका राष्ट्रपतिले नेपालमा संविधान निर्माण भए मात्र आफु नेपाल भ्रमणमा आउने भनेर शुशिल कोइराला सहितका राजनैतिक दलहरुको निमन्त्रणालाई अस्वीकार गरेका छन् । कुटनैतिक उच्च स्रोतका अनुसार भारत र चिनका राष्ट्र प्रमुखहरु विचको गोप्य भेटघाटमा नेपालमा राजसंस्था ‘दुबै देशका साझा र स्थाई मित्र शक्ति’ भएकोले पुर्न स्थापनामा साझा अवधारणा र समर्थन गरेका छन् तर नेपालको राजसंस्था कुन रुपमा स्थापित गराउने भन्ने सवालमा विकसित माघ ८ पछिको राजनैतिक घट्नाक्रम पछि निर्धारित हुने छ ।
यद्यपि राजसंस्था पुर्न स्थापित हुने कुरामा कुनै संका छैन । माघ ८ मा संविधान जारी हुन नसके राजनैतिक द्धन्द बढ्ने निश्चित छ । साथै जारी भए त्यसलाई अस्वीकार गर्नेहरुको जमात हिन्दु राष्ट्र सहित राज संस्था पुर्नस्थापनाको पक्षमा देश भित्र ९० प्रतिशत देखिएको छ । राजनैतिक परिस्थिति र घट्ना क्रमलाई विश्लेषण गर्दै उच्च सुरक्षा सर्तकता बढाइएको छ । स्रोतका अनुसार माघ देखि चैत्र सम्म राजनैतिक मुढभेड हुने र त्यो परिस्थितिलाई प्रहरीले नियन्त्रण गर्न नसके सेनाले परिस्थितिलाई नियन्त्रणमा लिएर ‘वास आउट’ गरे पछि मात्र राजसंस्था पुर्नस्थापना गरिने छ । २०४७ को संविधान क्रियाशील भएपनि राजा पुरानो शक्ति सम्पन्न अवस्थामा आफै बस्न चाहेका छैनन । राजा निकट उच्च स्रोतले भन्यो ।
उच्च स्रोतका अनुसार २०४७ को संविधानलाई काँटछाँट गरि संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रका राजाको स्थान र अधिकार तोकेर नयाँ व्यवस्था गरिने भएको छ । २०४७ को संशोधित संविधानको खाका तयार भई सकेको छ । पूर्वसञ्चार मन्त्री श्रीशम्सेर राणाको विशालनगर स्थित निवासमा राजसंस्था पुन स्थापना संघर्ष समितिको विभिन्न दल र नागरिक समाजको भेलाले माघ ८ मा संविधान सभा भवन घेर्ने र सरकारबाट हुने दमनको कसरी प्रतिरोध गर्ने भन्ने सवालमा छलफल भएको छ । उता भारतिय जनता पार्टीका नेताएवं सभासद योगी आदित्यनाथको उपस्थितिमा २६ माघ बुटवलमा भएको जोगी सन्त महन्थहरुको धार्मिकम सम्मेलनले नेपाललाई हिन्दु अधिराज्य घोषणा गर्दै राजालाई हिन्दु सम्राट भन्दै पुर्न स्थापना निर्णय गर्दै नयाँ बन्ने माघ ८ को संविधानलाई अस्वीकार गरेको छ । सम्पूर्ण राजनैतिक घट्ना क्रमलाई नजिकबाट नियालेर बसेका पुर्व राजा ज्ञानेन्द्र कुनै अधिकार नलिई तत्कालका लागि ‘हेड अफ दी स्टेट’ मात्र भएर बस्ने सोचमा रहनु भएको कुरा उहाँका निकट सल्लाहाकारले बताएका छन् । पृथ्वीनारायण शाहको जन्मजयन्तीको अवसरलाई लिएर पूर्व राजा ज्ञानेन्द्रले पृथ्वी नारायणलाई राष्ट्रिय एकताको आधारस्तम्भ भनि बताउनु भएको छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

January 2014
S M T W T F S
 1234
567891011
12131415161718
19202122232425
262728293031